नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ४ सय ३१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको ४ सय १३ जना मध्ये ३ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १३ जना मध्ये ३२ जना, र बागेश्वरी ल्याबमा ९८ जनाको परिक्षण गर्दा ३९ जना गरी बाँकेमा ४ सय ३१ जनामा संक्रमणको पृष्टि भएको छ ।
शनिवार थप भएकामध्ये बाँकेका ९५ जना रहेका छन् भने बाहिरी जिल्लाका ३ सय ३६ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
थपिएका संक्रमितसहित बाँकेमा हालसम्म १६ हजार ७ सय ३१ जनामा संक्रमण पृष्टि भएको छ ।
त्यस्तै शनिवार ९९ महिला र १ सय ४ जना पुरुष गरी २ सय ३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार २ सय ९५ जनाले कोरोना भाईरसलाई जितेका छन् ।
बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ५ सय ७३ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ४१ जना रहेका छन् ।
यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय १९४ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँकेमा ५ सय ५ जनाको निधन भएको छ ।