नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका १ सय ७४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल २ सय ५५ जनामध्ये ८१ र बागेश्वरी ल्याबमा १ सय ८९ जनाको परिक्षण गर्दा ९३ जना गरी बाँकेमा १ सय ७४ जनामा संक्रमणको पृष्टि भएको छ ।
बुधवार थप भएका मध्ये बाँकेका ९१ जना रहेका छन् भने बाहिरी जिल्लाका ८३ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
थप भएका संक्रमितसहित बाँकेमा हालसम्म १५ हजार ९ सय ८९ जनामा संक्रमण पृष्टि भएको छ ।
त्यस्तै बधुवार २ सय २६ महिला र २ सय ९७ जना पुरुष गरी ५ सय २३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १३ हजार २ सय ११ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका २ हजार ४ सय ४२ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ५६ जना रहेका छन् ।
यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३४ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँकेमा ४ सय ६२ जनाको निधन भएको छ ।