नेपालगञ्जबाट अक्सिजन बोकेर हिँडेको गाडी दुर्घटना

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १६:५३
 

नेपालगञ्ज : नेपालगञ्जदेखि दांगको तुलसीपुर जाँदै गरेको अक्सिजन बोकेको गाडी दुर्घटना भएको छ । नेपालगञ्जदेखि तुलसीपुरतर्फ गइरहेको अक्सिजन बोकेको जिप बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया नजिक दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो राप्तीसोनारीस्थित मुगुवा खोलादेखि २ किलोमिटर अगाडी अगैया नजिक भएको उक्त जिप दुर्घना भएको छ । दुर्घटनामा सवारी चालक तथा सहचालक सकुशल रहेका छन् । जिपले २० थान ठुलो भरिएको अक्सिजन सिलिन्डर बोकेको थियो ।


जिपमा लोड गरिएको अक्सिजनलाई अर्को गाडीमा राखेर पठाउन लागिएका शम्शेरगंज प्रहरी चौकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मास्क बैंक स्थापना

३ जेष्ठ २०७८, सोमबार १६:५३
नेपालगञ्ज : कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बासले नेपालगञ्जमा मास्क बैंक सञ्चालनमा ल्याएको छ । कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको सोमबार नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा र उपमेयर उमा थापा मगरले उदघाटन गरे । नेपालगञ्ज वडा […]

सम्बन्धित