कोरोनाबाट सबभन्दा बढी नेपालगञ्ज प्रभावित

सदरलाइन संवाददाता २ जेष्ठ २०७८, आईतवार १७:०६
 

नेपालगञ्ज : बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । नेपालगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार जिल्लामा हालसम्म १५ हजार १ सय ६९ जनामा कोरोना पुष्टि हुँदा नेपालगञ्जमा त्यसको आधा छन् । नेपालगन्जका ८ हजार ५ सय ३७ लाई संक्रमण भएको छ ।

बाँकेमा अहिलेसम्म १२ हजार १ सय २० जना कोरोना निको भएर डिष्चार्ज हुँदा ७ हजार २ सय ६९ कोरोनामुक्त भएका छन् । नगरम हाल ११ सय ४८ जना सक्रिय संक्रमित छन् ।


नेपालगन्जपछि दोस्रो प्रभावित पालिका कोहलपुर हो । कोहलपुरमा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ४ सय ८३ जना संक्रमित हुँदा २ हजार ४ सय ३६ जना निको भएका छन् । अहिले ९९६ जना सक्रिय संक्रमित छन् ।

यस्तै क्रमशः खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका प्रभावित छन् । जानकी, डुडुवा र नरैनापुर कम प्रभावित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ८०५ थपिँदा ५ सय ११ डिस्चार्ज

२ जेष्ठ २०७८, आईतवार १७:०६
नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पातलको ल्याबमा गरिएको कुल ७ सय ८० मध्ये ६ सय २२, मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल १ सय ४६ जना मध्ये ८३ र बागेश्वरी ल्याबमा १ सय ८० जनाको परिक्षण गर्दा १ […]