२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा १३ जना कोरोना संक्रमितको मृत्यु




नेपालगञ्ज  : बाँकेमा बिहीबार दिउसोसम्म १३ जना कोरोन संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार बेलुकी र बिहीबार दिउसोसम्म गरी १३ कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरू बाँके र आसपासका जिल्लाका संक्रमित छन् ।

यी सँगै बाँकेमा कोरोनाले बिहीबार दिउसोसम्म २ सय १६जनाको मृत्यु भएको छ । भने बाँके बाहेक बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक सय ६४ संक्रमितले उपचारको क्रममा ज्यान गुमाएका छन ।

प्रकाशित मिति : २०७८ वैशाख ३० गते बिहीबार
ताजा समाचार