वडा नं १३ का जनप्रतिनिधि डाक्टरसहित घरमै परामर्श

सदरलाइन संवाददाता २८ बैशाख २०७८, मंगलवार १७:०१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ ले डाक्टरसहित संक्रमितको घरमा पुगेर सेवा दिइरहेको छ । १३ नम्बर वडाका अध्यक्ष बिरेन्द्र शाह लगायत जनप्रतिनिधि डाक्टर पारस श्रेष्ठसहित वडामा संक्रमित हुन पुगेकाहरुको घरमा पुगेर स्वास्थ्य परामर्श दिँदै आएको हो ।

कोरोनाको ईपिसेन्टर बनेको नेपालगञ्ज उपमहानगरपालिकामा यतिबेला जनप्रतिनिधि चिकित्सक सहितको सेवा लिएर संक्रमितको घर घरमा पुग्न थालेका हुन । संक्रमित भएका व्यक्तिहरुको घर घरमै पुगेर चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय उदयपुरका हेल्थ असिस्टेन्ट राजबिर बर्नवालले बताए ।

डा. श्रेष्ठसहितको टोलीले संक्रमितलाई आवश्यक स्वास्थ्य परामर्श तथा आवश्यक औषधि समेत सिफारिस गर्ने गरेको छ ।


कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा उपचार पाउन केही असहज बनेपछि नेपालगञ्जका वडाहरुले डाक्टरसहितको सवास्थ्य परामर्शलाई घरघरमै पुर्याउन थालेका हुन् ।

नेपालगञ्जको वडा नं १, वडा नं १८ र वडा नं १३ ले हालसम्म डाक्टरसहित घरमा पुगिरहेको देखिएको छ । अन्य वडाहरुमा रहेका कवडा स्तरी फोकल पर्सनले आवश्यक स्वास्थ्य परामर्श दिइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघद्धारा एम्बुलेन्स सेवा सञ्चालन

२८ बैशाख २०७८, मंगलवार १७:०१
नेपालगञ्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीका लागि मंगलबारदेखि बाँकेमा निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ । मंगलबार नेपालगञ्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्स सेवाको […]