२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा थपिए ८ सय ४३ संक्रमित



नेपालगञ्ज  : बाँकेमा सोमवार पनि ठूलो संख्यामा कोरोनाका बिरामी थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा एक हजार एक सय सात नमुना परीक्षण गर्दा ८ सय ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा भेरी अस्पतालको पीसीआर ल्याबमा ४ सय २२ नमुना परिक्षण गर्दा ३ सय ५३ जना, कोहलपुर शिक्षण अस्पतालको ल्याबमा ४ सय ३१ नमुना परिक्षण गर्दा ३ सय ३० र बागेश्वरी ल्याबमा २ सय ५४ नमुना परिक्षण गर्दा १ सय ६० जना गरि कुल ८ सय ४३ संक्रमित थपिएका हुन् ।

यो संगै बाँकेमा संक्रमीत संख्या १३ हजार ५ सय ४४ पुगेको छ । बाँकेमा सोमवार ४ सय ६८ जना डिस्चार्ज भएका छ्न ।

प्रकाशित मिति : २०७८ वैशाख २७ गते सोमबार
ताजा समाचार