२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेका दुई संक्रमित महिलाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेका थप दुई जनाको मृत्यु भएको छ । बाँके कोहलपुर वडा नं. २ की ६९ बर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं. ७ की ५८ वर्षीया महिलाको आइतवार मृत्यु भएको हो ।

कोहलपुरकी महिला होम आइसोलेशनमा बसेकी थिइन् भने बैजनाथकी महिला नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १२५ पुगेको छ ।

प्रकाशित मिति : २०७८ वैशाख १९ गते आइतबार
ताजा समाचार