कोरोना कहर : बाँकेमा सक्रिय संक्रमित २ हजार पार हुँदै

सदरलाइन संवाददाता ११ बैशाख २०७८, शनिबार १८:३४
 


नेपालगञ्ज : बाँकेमा शनिबार दिउसोसम्म सक्रिय संक्रमितको संख्या दुईहजार पुग्नै आँटेको छ । अप्रत्याशित रुपमा नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बृद्धि भएपछि गत ९ गतेदेखि नेपालगञ्जमा लकडाउन गरीएको छ । कोहलपुरमा पनि लकडाउनको निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्शन तेज ओलीले दिएको जानकारी अनुसार बाँकेमा शनिबार साँझ ६ बजेसम्म सक्रिय संक्रमित १ हजार ८ सय २४ जना रहेका छन् । शनिबार साँझसम्म विभिन्न प्रयोगशालाबाट आउने नतिजाको आंकडाले २ हजार नाघ्ने आंकलन गरिएको छ ।

फोकल पर्शन ओलीले दिएको जानकारी अनुसार भेरी अस्पतालको कोरोना वार्डमा १ सय ८१ जना भर्ना भएका छन् । कोरोना संक्रमितको लागि छुट्टयाईएको बेड १ सय ४२ भएपनि कोचाकोच अवस्थामा रहेका छन् । यी मध्ये ५७ गम्भीर र ६ जनालाई भेन्टीलेटरमा राखेर उपचार गरिदै छ ।

यसैगरी उनले दिएको जानकारी अनुसार शिक्षण अस्पतालमा ५५ जना विरामी भर्ना भएको मध्ये २६ गम्भीर २९ मध्याम अवस्थाका रहेका छन् । कोहलपुर नगरपालिकाद्वारा सञ्चालनमा ल्याएको कोभिड अस्पताल कोहलपुरमा ९ जना भर्ना भएको मध्ये ३ गम्भीर रहेका छन् । नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याएको व्हाईटहाउस आईशोलेशनमा ३९ जना रहेको ती मध्ये ६ जना महिला स.क्रमित रहेका छन् ।


अस्वाभाविक रूपमा कोरोना सक्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल कोरोना संक्रमणका गम्भीर प्रकृतिका बिरामीले भरिभराउ भएको हो ।

भेरी अस्पतालमा कोभिडको विरामीका लागि तयार पारेको बेड एउटा पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले जानकारी दिए । भेरी अस्पतालले कोरोना सक्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ बेड भरिए पनि थप विरामी राख्न बाध्य भएको बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको डा. थापाको भनाई छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत भर्ना लिन नसक्ने अवस्था रहेको बताए । उनले सक्रमण रोकथाम र सक्रमण गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा एमोले निकट युवासंघको सहयोग

११ बैशाख २०७८, शनिबार १८:३४
नेपालगञ्ज : बाँकेमा कोभिड–१९ को संक्रमण दर अधिक बृद्धि भएसंगै अस्पतालमा अक्सिजनको खपत अत्याधिक हुँदै आएको र अक्सिजनको अभाव हुन नदिन विभन्न व्यक्ति, क्षेत्र तथा संस्थाहरुबाट पहल हुँदै आएको छ ।   यसैक्रममा राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ […]