कोरोना कहर : 

भेरी अस्पतालमा १ सय ४० भर्ना, ३६ गम्भीर, ५ भेन्टीलेटरमा

सदरलाइन संवाददाता ८ बैशाख २०७८, बुधबार १४:२४
 


नेपालगञ्ज  : नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमणको कारण उपचारको लागि १ सय ४० संक्रमित भर्ना भएका छन् । यी मध्ये ३६ जनाको अवस्था गम्भीर रहेको छ भने ५ जनालाई भेन्टीलेटरमा रखिएको छ ।

नेपालगञ्ज उपमहानगर क्षेत्र भित्रमात्र आजका मितिमा ७ सय ३५ जना संक्रमित रहेका मध्ये नेपालगञ्जको भेरी अस्पतालमा ५६ महिला र ८४ पुरुष गरी १ सय ४९ जना उपचारको लागि भर्ना भएको कोभिड–१९ संकट व्यवस्थापन बाँकेका फोकल पर्शन तेज ओलीले जनाए अनुसार ३६ जना गम्भीर अवस्थाका र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।


कोरोना संक्रमणको हटस्पट बनेको नेपालगञ्ज उपमहानगर क्षेत्रभरी स्थानीय प्रशासनले बैशाख ८ गते (आज) राती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको छ ।

संक्रमणको साङ्लो तोड्न लकडाउन गर्नु परेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष शिबराम गेलालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च अदालतले भन्यो ‘स्टिङ अप्रेसन’ अवैध

८ बैशाख २०७८, बुधबार १४:२४
काठमाडौं : भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गर्ने ‘स्टिङ अप्रेसन’  लाई  सर्वोच्च  अदालतले  अवैध  ठहर  गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा […]

सम्बन्धित