खजुराका शिक्षकलाई शिक्षामा लैगिक रुपान्तरण शिक्षण तालिम

सदरलाइन संवाददाता ५ बैशाख २०७८, आईतवार १८:३२
 


खजुरा (बाँके) : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको र सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी तथा खजुरा गाउपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा पालिका क्षेत्रभित्र लन परियोजना संचालन भएको विद्यालयका फोकल शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम खजुरामा आईतबारदेखि संचालन भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सो तालिमका सहभागि फोकल शिक्षकलाई नेपाली भाषाको पढाई र लेखाई शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रयाप्त शैक्षिक सामग्री भए नभएको, कक्षा कोठाको शिक्षण तथा सिकाई प्रक्रिया लैंगिक विभेद पुर्ण बनाउने तौर तरिका बारे जानकारी गराईने छ ।

तालिमले सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागीहरुको ज्ञान र सिप वृद्धि गर्न विस्तृत भइ तालिम पछि विद्यालय स्तरमा यसको प्रत्यक्ष रुपमा कार्यान्वयमा आउने अपेक्षा गरिएको खजुरा गाउपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले बताए ।

उनले वालबालिकाको सिकाइलाई प्रभावकारीता बनाउनका लागि बिद्यालयका कक्षा कोठामा प्रसस्त सामाग्रीको ब्यबस्थापन हुन सकेको खण्डमा सिकाईलाई प्रभावकारी बनाउन सकिने कुरामा जोड दिए ।


कार्यक्रमका सहभागीलाई स्वागत गदै सस्थाकी टिमलिडर नेत्रकला शाहीले भबिश्यका कर्णधार तथा सक्षम नागरिक उत्पादन गर्ने स्थान घरपछि बिद्यालय भएकाले बिद्यालयको बालमैत्री लैगिकं मैत्री शिक्षण कृयाकलाप गराउन सक्नु र उनीहरुको रुचि अनुसारको अध्यान अध्यापन गर्न सक्नु एक शिक्षकको पेशा भएकाले यहाहरुको क्षमता बिकासका लागि प्लान नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक सदैब साथमा रहेने बताईन । उनले खजुरा गाउपालिकाले शौक्षिक गुणस्तर बृद्धिका लागि बिभिन्न खालका योजनाका साथ अगाडि बढेकाले खजुरा गाउपालिकालाई बिषेश धन्यबाद दिईन ।

परियोजना संचालन भएका विद्यालयका करिब १५ जना फोकल महिला शिक्षकहरुको सहभागिता रहेको तालिम खजुरा गाउपालिकामा आइतबारदेखि मंगलबार ३ दिनसम्म संञ्चालन गरिने छ । ३ दिने तालिमको सहजिकरण खजुरा शिक्षा शाखा प्रमुख मल्लले गर्ने छन् ।

तालिममा सहभागीहरुमा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागिहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानल जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुबिसुको नयाँवर्ष योजना, ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ १ लाखसम्मको स्वास्थ्य बीमा

५ बैशाख २०७८, आईतवार १८:३२
काठमाण्डौ  : सुबिसु केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको […]