भारतबाट आएका जमुनाहा नाकामा १५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार १७:२७
 

नेपालगञ्ज : भारतसँग जोडिएको सीमानाका जमुनाहा हुँदै नेपाल प्रवेश गरेका विभिन्न जिल्लाका १५ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न राज्यका सहरमा रोजगारीका शिलशिलामा पुगेका र त्यहाँ दोश्रो चरणको कोभिड–१९ तिब्र गतिमा बढेपछि नेपाल फर्केका उनिहरुमा कोरोना पुष्टि भएको हो ।

भारतमा तिब्र गतिमा कोरोना संक्रमण बढेपछि त्यहाँ काम गर्ने नेपालीहरु स्वदेश फर्कन थालेपछि उनिहरुको स्वास्थ्य जाँच गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा हेल्थ डेस्क स्थापना गरी नेपाल आउनेहरुको ज्वरो नाप्ने तथा शंकास्पद देखिएमा एन्टिजिन प्रबिधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।

गत चैत ११ गतेदेखि शुरु गरिएको हेल्थ डेस्कमा शुक्रवार मध्यान्हसम्ममा १ सय ९४ जनामा एन्टिजिन प्रबिधिमार्फत कोरोना जाँच गर्दा विभिन्न जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका इञ्चार्ज केशव ज्ञवालीले जानकारी दिए ।


ज्ञवालीका अनुसार चैत ११ गतेदेखि हालसम्म ६ हजार ५ सय १७ पुरुष, १ हजार ८ सय ६१ महिला र ७ सय ५९ बालबालिका गरी ९ हजार १ सय ३७ जना भारतबाट नेपाल आएका नेपालीहरुको ज्वरो जाँच गरिएको छ । त्यसैगरी, शंकास्पद १ सय ९४ जना व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना देखिएको हो ।

संक्रमित सबैजना पुरुष रहेका छन् । उनिहरु मध्ये, १ जना रोल्पा, ३ जना बर्दिया, ४ जना दैलेख, ६ जना बाँके र १ जना सुर्खेतका रहेको स्वास्थ्य इन्चार्ज ज्ञवालीले जानकारी गराए । हेल्थ डेस्कको रेकर्ड अनुसार उनिहरु भारतको पन्जाव, महाराष्ट्र र गुजरातबाट नेपाल आएका हुन् ।

Next Post

कोहलपुरमा बसटिप्पर एकआपसमा ठोक्किदा चारको मृत्यु ३५ घाइते

३ बैशाख २०७८, शुक्रबार १७:२७
कोहलपुर (बाँके) : पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर रोहिनी खोला नजिकै बस र टिप्पर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु हुनुको साथै ३५ जना घाइते भएका छन् । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे […]