२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा एकैदिन १२७ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

बाँकेमा १८३ वटा नमुना परीक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको हो । जसअनुसार संक्रमित ६९.४ प्रतिशत रहेको छ ।

एकै दिनमा हालसम्मकै धेरै संख्यामा संक्रमित पहिचान भएको नेपालगञ्जस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

शुक्रवारको रिपोर्टले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा व्यापकरुपमा फैलिसकेको देखाएको छ ।

प्रकाशित मिति : २०७८ वैशाख ३ गते शुक्रबार
ताजा समाचार