कोरोना संक्रमणबाट बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता २ बैशाख २०७८, बिहीबार १६:३२
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।


योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

Next Post

सीमा कडाई गर्नेदेखि स्वास्थ्यका मापदण्डमा निगरानी बढाईने

२ बैशाख २०७८, बिहीबार १६:३२
नेपालगञ्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बढ्दो कोभिड–१९ को संक्रमण दर घटाउन विभिन्न निर्णय गरेको छ । दोस्रो चरणको संक्रमण तीब्र रुपले बृद्धि भएपछि सो निर्णय गरिएको जनाईएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले सिमा कडाई […]

सम्बन्धित