२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा ७८ मध्ये ४१ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा फेरि कोरोना उकालो लाग्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

वलीका अनुसार भेरी अस्पतालमा बाँकेका २५ जनासहित ५४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये २४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको भेन्टिलेटर राखेर उपचार भईरहेको वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत ३० गते सोमबार
ताजा समाचार