उत्तर प्रदेशका तीन जिल्लामा रात्रिकालीन कर्फ्यु

सदरलाइन संवाददाता २६ चैत्र २०७७, बिहीबार १६:०३
 

नेपालगञ्ज : भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको हो । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ ।

योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताएका छन् ।

उत्तर प्रदेशमा बुधवार ६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख २६ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेकाको वर्ल्डओमिटरले जनाएको छ ।


भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६६ हजार ८ सय ९२ पुगेको छ । भारतमा अहिलेसम्म एक करोड ९२ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाको कारण अवस्था गम्भीर बन्दै गएको छ ।

त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।

Next Post

मानव बेचबिखन बिरुद्धको सडक नाटकको स्कृप्ट लेखन तालिम

२६ चैत्र २०७७, बिहीबार १६:०३
नेपालगञ्ज : बाँकेका चार स्थानीय तहका पालिकाका किशोरीलाई लक्षित गरी मानव बेचबिखन बिरुद्धको सचेतना फैलाउने उद्देश्यले तीन दिने सडक नाटक स्कृप्ट लेखन तालिम सञ्चालनमा ल्याईएको छ । बाँके युनेस्को क्लवले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बाँकेका नेपालगञ्ज, बैजनाथ, खजुरा र कोहलपुर नगरपालिकामा सञ्चालित मानव बेचविखन बिरुद्धको परियोजना अन्तरगत विभिन्न सचेतनामुलक कार्यक्रमका […]