नेपालगञ्ज : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेले जिल्लाका आठवटै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो समय जिल्ला तथा नगर क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम बढ्दै गएको र विद्यालय क्षेत्रमा उच्च सतकर्ता अपनाउनु पर्ने माग सहित अनेरास्वावियू बाँकेले ध्यानाकर्षण पत्र बुझाएको हो ।
मंगलबार विहान अनेरास्वावियू बाँकेका संयोजक दिनेश केसीको नेतृत्वमा विद्यार्थी नेताहरुले आठ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
पत्रमा अनेरास्ववियूले स्वास्थ्य मापदण्ड अपनाएर नियमित कक्षा सञ्चालन गर्नुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार चल्न आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा संयोजक केसी सहित सह संयोजक बिकल भट्टराई, केन्द्रीय सदस्य सुमन घिमिरे, राजेश वली, टोपराज जैशी, देवेन्द्र बुढा लगायत जिल्ला कमीटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।