२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

खजुरामा हात्तिपाईलेको औषधि खुवाउने अभियानलाई तीब्र पारिदै




खजुरा (बाँके)  : बाँकेको खजुरा गाउपालिकाले हात्तिपाईले बिरुद्धको औषधि खुवाउने राष्ट्रिय अभियानको तयारीका लागि स्वास्थ्यकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

खजुुरा गाउपालिकाका ८ वटै वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरी वडा तहसम्ममा पुग्ने गरी तयारी सुरु गरिएको हो ।

खजुरा गाउपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो अभिमुखिकरणमा स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले पालिकास्तरिय स्वास्थ्यकर्मीहरुका लागि अभिमुखिकरण गर्नुको साथै वडास्तरिय छलफलका लागि तयारी अगाडि बढाइएको जानकारी दिए ।

उनले खजुरा गाउपालिकाले करिव ६० हजारलाई हात्तिपाईले बिरुद्धको औषधि खुवाउने तयारी अघि बढाएको बताए । अभिमुखिकरणपछि टोलटोलमा महिला स्वयमसेविका सहित पुगेर औषधि सेवन गर्ने तरिका सिकाउनुको साथै हात्तिपाईलेका कारण हुने समस्याको बारेमा जनस्तरबाट सचेत बनाईने बताईएको छ ।

औषधि खानको लागि पूर्ण सुरक्षित रहेको कुनै समस्या आएमा ततकाल चिकित्सक सहितको टोलीले प्रत्यक्ष निगरानी गर्ने तरी तयारी अगाडि बढाईएको जनाईएको छ ।

प्रकाशित मिति : २०७७ चैत १२ गते बिहीबार
ताजा समाचार