बर्दिया : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना कर्मचारी तथा सस्थाका पदाधिकारीहरुका लागि स्टिम शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम ठाकुरद्धारा बर्दियामा शुरु भएको छ ।
चैत ७ गतेदेखि ९ गतेसम्म संचालन हुने सो तालिमलाई काठमाण्डु विश्वविद्यालयका सहायक प्राध्यापक तथा कार्यवाहक स्टिम शिक्षा विभाग प्रखुम विनोद प्रशाद पन्तले सहजिकरण गरिरहेका छन् ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टेग्रेटेड पाठ्यक्रममा पक्षहरुमा प्रशिक्षण हुने बताईएको छ ।
स्याक नेपाल बाँकेका टिमलिडर नेत्रकला शाहीले तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले परियोजना कर्मचारिहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताईन । तालिमले स्टिम शिक्षाको अवधारणामा स्पस्ट हुन, इस्टिम शिक्षा र इन्टेग्रेटेड पाठ्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न तालिम सहयोगी हुने अपेक्षा गरिएको छ ।
सो तालिमममा परियोजनाका कर्मचारि र सस्थाका पदाधिकारी गरि ११ जनाको सहभागीता रहेको परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी शर्माले जानकारी दिए ।