डुडुवामा हात्तीपाइले रोग निवारण कार्यक्रम शुरु गरिदै

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार १०:०९
 


डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिकामा हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत आम औषधि सेवन अभियान यसवर्ष पनि शुरु भएको छ । सो अभियानलाई सफल पार्न गाउँपालिकास्तरिय अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा यस वर्ष शतप्रतिशत लक्ष्य हासिल गर्न हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हात्तीपाइले रोगबाट बच्नका लागि औषधीको सेवन गर्न सबैलाई अनुरोध गर्दै गाउँटोलका आम नागरिकलाई औषधीको फाइदा र सेवनबारे सचेतना फैलाउन जरुरी रहेको बताए । उनले नागरिक सचेतनाका लागि हामी सबै जनप्रतिनिधी, शिक्षक, नागरिक अगुवाको भुमिका बढी प्रभावकारी भएकाले यो अभियानलाई सफल बनाउनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।


स्वास्थ्य कार्यलय बाँकेका प्रमुख धीरजंग शाहले निर्धक्कका साथ औषधी सेवन गर्न आग्रह गर्दै कुनै पनि भ्रमका पछि नलाग्न अनुरोध गरे । उनले विगत वर्षदेखि नियमित रुपमा कार्यक्रम संचालन भएपनि बाँके जिल्लाले सतप्रतिशत उपलब्धी हासिल गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस वर्ष लक्ष्य हासिल गर्नमा सबैको भुमिकाको आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले औषधी सेवनका बारेमा प्रस्तुतीकरण गरेको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, शिक्षक, कर्मचारी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

बाँकेमा यही चैत्र २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ । डुडुवा गाउँपालिकाले अहिलेसम्म ७७ प्रतिशत उपलब्धी हासिल गरिसकेको छ भने सतप्रतिशत लक्ष्य हासिल गर्न यस वर्ष २२ प्रतिशत पुरा गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनले डुडुवाका करिब ४४ हजार नागरिकलाई औषधी खुवाइने तयारी गरी ४२ जना कर्मचारी र ६० जना महिला स्वास्थ्य स्वयम्सेविका खटाइने बताए ।

Next Post

अटोले ट्रकलाई ठक्कर दिँदा चालक गम्भीर घाइते

१७ फाल्गुन २०७७, सोमबार १०:०९
नेपालगञ्ज : नेपालगञ्जको राँझा चोकमा अटोले ट्रकलाई पछाडिबाट ठोक्दा अटो चालक गम्भीर घाइते भएका छन् । भे १ ह २७३८ नम्बरको पेट्रोल अटोले नम्बर नखुलेको ट्रकलाई आइतवार राति ११ बजेतिर राँझा गेट भन्दा एक सय मिटर दक्षिणमा पछाडिबाट ठोक्दा नेपालगञ्ज २० थपुवा बस्ने ४० बर्षीय पर्शुराम परियार गम्भीर घाइते भएको […]

सम्बन्धित