२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणबाट बाँकेमा एक पुरुषको ज्यान गयो



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर वडा नं. ७ का ६६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमवार राती १ बजेर १८ मिनेटमा मृत्यु भएको हो ।

मंसिर २९ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पुष १३ गते अस्पतालमा भर्ना भएका ती पुरुषको रोगको प्रकृतिअनुसार उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनको सोमवार राती मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमित भई बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८८ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मंगलबार
ताजा समाचार