बाँकेमा पनि कोरोना खोप लगाउन शुरु

सदरलाइन संवाददाता १४ माघ २०७७, बुधबार १४:४३
 

नेपालगञ्ज : बाँकेमा पनि कोरोना विरुद्ध खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगञ्जलाई कोरोना खोप हस्तान्तरण गरेपछि खोप लगाउन शुरु गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापालाई खोप हस्तान्तरण गर्नुभएको थियो । बाँकेमा पहिलो खोप मेसु थापाले लगाएका छन् ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाह लगायतको उपस्थिति रहेको थियो । बाँकेमा पहिलो चरणमा ७ हजार ५ सय जनालाई पुग्ने गरी खोप आएको छ ।

Next Post

रेडपाण्डाको छालासहित बाँकेमा तीन जान पक्राउ

१४ माघ २०७७, बुधबार १४:४३
कोहलपुर (बाँके) : दुर्लभ बन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधवार रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौंडीस्थित एक होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । बुधवार बिहान १० बजे रेडपाण्डाको छालाको अबैध कारोबार भईरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी […]