कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता ९ माघ २०७७, शुक्रबार १०:१६
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं.९ का ७१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि पीसीआर गर्दा पुष २७ गते रिपोर्ट पोजेटिभ आएको थियो । भेरी अस्पताल नेपालगञ्जमा भर्ना भई रोगको प्रकृतिअनुसार उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि उनको शुक्रवार विहान ६ बजेर ५ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसँगै बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएका ८५ जनाको मृत्यु भइसकेको छ ।

Next Post

राप्तीसोनारीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

९ माघ २०७७, शुक्रबार १०:१६
राप्तीसोनारी (बाँके) : लुम्बिनी प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । प्रदेश सरकारले बाँकेको तीन ठाउँमा आरोग्य केन्द्र सञ्चालन गर्ने योजना अनुसार शुक्रवार राप्तीसोनारीमा केन्द्र सञ्चालन गरेको हो । प्रदेश सरकार, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत बाँके आयुर्वेद […]