बाँके र बर्दियाका शिक्षकहरुका क्षमता विकास तालिम सम्पन्न

सदरलाइन संवाददाता २८ पुष २०७७, मंगलवार १९:००
 


खजुरा (बाँके) :  प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वयमा नगर क्षेत्रभित्र लन परियोजना संचालन भएको विद्यालयका फोकल शिक्षकहरका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम बारबर्दियाको जयनगरमा सम्पन्न भएको छ ।

तालिमको समापन सत्रमा बारबर्दिया नगरपालिका शिक्षा शाखा प्रमुख टेकप्रसाद पाण्डेले शिक्षको गुणस्तर बृद्घि गर्नका लागि योजनाका साथ अगाडि बढेको र शिक्षामा नमुना पालिकाको रुपमा काम गर्नको लागि शिक्षकलाई क्षमता अभिबृद्धिको तालिम दिईएको बताए ।

उनले बिभिन्न संघ सस्थाहरुले संचालन गर्ने क्षमता बिकासका तालिमहरु तालिममा मात्र सिमित नराखी कक्षा कोठामा यसको प्रयोग गर्न निर्देशन समेत दिए । ‘अझ पनि हाम्रो समाजमा छोरी भन्दा छोराको माया ममता तथा ब्यबहारमा बढी प्राथामिकता दिने गरेको र घर परिवारबाट नै दुवैको समान सहभागीता तथा ब्यबहारमा परिर्वतन गर्न सकेको खण्डमा लैगिंक बिभेद कम महुदै जाने छ’–उनले भने ।

यसैगरी र बाँकेको खजुरा गाउपालिकामा लैगिंक रुपान्तरण तथा समाबेशी शिक्षा र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि ब्यबस्थापन तालिम सम्पन्न भएको छ ।


खजुरा गाउपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बिभिन्न संघसस्थासंग मिलेर शैक्षिक गुणात्मक बिकास गर्नका लागि बिभिन्न नीतिगत आधार तयार गदै अगाडि बढीरहेको र विद्यालय सुधारका लागि योजनाका साथ बढेको बताए ।

उनले लैगिक बिभेदका कारण धेरै बालिकाहरु जोखिममा परेको तथ्याङ्गले देखाएकाले हामी र हाम्रो समाज बाटनै छोरा र छोरीमा गरिने ब्यबहा परिर्वतन गर्न सके उदाहरणिय काम बन्ने र समाजलाई असल गोरेटोमा बढाउन सकिने भएकाले यसप्रति सबैले सोच्नुपर्ने औल्याए ।

फोकल शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम बारबर्दिया नगरपालीकामाको जयनगरमा आइतवारदेखि शुरु गरिएको र बाँकेको खजुरा गाउपालिकामा लैगिंक रुपान्तरण तथा समाबेशी शिक्षा र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि ब्यबस्थापन तालिम सोमवारदेखि शुरु गरिएको थियो । खजुरामा २२ जना र बारबर्दियामा १५ जना गरि ३७ जनाको सहभागीता रहेको थियो ।

तालिममा सहभागीहरुमा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिए ।

Next Post

बाँकेको कोहलपुरमा बोयरजातको बाख्रा स्रोतकेन्द्र स्थापना गर्दै लुम्बिनी प्रदेश सरकार

२८ पुष २०७७, मंगलवार १९:००
कोहलपुर (बाँके) : लुम्बिनी प्रदेश सरकारले बाँकेको कोहलपुर नगरपालिकाको पिपरीमा व्यावसायिक बाख्रा पालनको लागि उन्नत जातको बाख्रा उत्पादन गर्ने उद्देश्यले बोयर जातको बाख्रा स्रोत केन्द्र स्थापना गर्ने भएको छ । कोहलपुर नगरपालिकाका विभिन्न वडाका गृहणी महिलालाई लक्षित गरी उनीहरुलाई आयआर्जनसंग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको […]