२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणबाट बाँकेका एक जनाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा वडा नं. ७ का ८८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ३० गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

रोगको प्रकृतिअनुसार औषधोपचार गर्दासमेत स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको शनिवार विहान मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा ४६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ पुस १८ गते शनिबार
ताजा समाचार