नेपालगञ्ज : कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनीहरुमध्ये दुई जनाको मंगलवार राती र एक जनाको बुधवार विहान मृत्यु भएको हो ।
योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । तीमध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका छन् ।