२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको लेकबेसी ९ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलवार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

पुष १२ गते अस्पताल भर्ना भएका उनको १३ गते स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसोलेशन आईसियु वार्डमा भर्ना गरिएको थियो ।

रोगको प्रकृतिअनुसार उपचार गर्दासमेत उनको स्वास्थ्य अवस्था विगिँ्रदै गएपछि मंगलवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ७६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ पुस १४ गते मंगलबार
ताजा समाचार