कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता १० पुष २०७७, शुक्रबार १६:१७
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको शुक्रवार मृत्यु भएको हो ।


बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुषको विहान ६ बजे र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको बिहीवार राती २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Next Post

९० शैयाको कोरोना विशेष वार्ड सञ्चालित

१० पुष २०७७, शुक्रबार १६:१७
नेपालगञ्ज : बाँकेको भेरी अस्पतालमा ९० शैयाको कोरोना विशेष वार्ड सञ्चालनमा आएको छ । कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि अस्पतालमा थप ९० शैयाको वार्ड सञ्चालनम आएको हो । यसअघि अस्पतालमा ७२ शैयाको कोरोना वार्ड सञ्चालनमा रहेको थियो । ९० शैया थपिएसँगै भेरीको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ […]