कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १ पुष २०७७, बुधबार १६:४२
 

नेपालगञ्ज : कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २८ बर्षीया गर्भवती महिलाको मंगलवार राति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । उनी ३० हप्ताको गर्भवती थिइन् ।


मंसिर २५ गते स्वास्थ्यमा समस्या आएपछि सेती अस्पताल धनगढीमा कोरोना जाँच गराउँदा भोलिपल्ट पोजिटिभ रिपोर्ट आएपछि त्यसै दिन साँझ उनलाई कोहलपुर कोभिड आइसोलेसन वार्डमा ल्याई भर्ना गरिएको थियो ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना कारोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

सुकुम्बासीको घरमै पुर्जा पुग्छ : ज्ञवाली

१ पुष २०७७, बुधबार १६:४२
खजुरा (बाँके) : भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा आज आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताए । अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै उनले स्थानीय तहसंगको […]