कोरानाका कारण बाँकेमा थप एकको मृत्यु

सदरलाइन संवाददाता २७ मंसिर २०७७, शनिबार १५:५३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ९ का ३८ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार दिउँसो डेढ बजे मृत्यु भएको हो ।

उनलाई कार्तिक ५ गते कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल दैलेखमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या आएपछि कार्तिक ७ गते रेफर गरी भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


रोगको प्रकृतिअनुसार सबै उपचार गरेपनि उनको दिउँसो मृत्यु भएको वलीले बताए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६७ जनाको मृत्यु भइसकेको छ ।

Next Post

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प

२७ मंसिर २०७७, शनिबार १५:५३
डोटी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार शनिवार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिए । डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस […]