२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

उपचारका क्रममा दाङका एक संक्रमितको मृत्यु



दाङ : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीय महिलाको मंगलवार बिहान मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ती महिलाको मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याइएको थियो ।

प्रकाशित मिति : २०७७ मंसिर १६ गते मंगलबार
ताजा समाचार