२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा बिहीवार २ जना मात्र डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बिहीवार २ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । होम आइसोलेशनमा बसेका २ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ७७ र अन्य जिल्लाका ५१ गरी २ सय २८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ११ गते बिहीबार
ताजा समाचार