कोरोनाबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १० मंसिर २०७७, बुधबार ०८:४३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ७७ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलवार राती सवा १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो ।


मंसिर ६ गते उनमा कोरोना पुष्टि भएको थियो । विरामीकोे रोगको प्रकृतिअनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको राती मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

योसंगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Next Post

बाँकेमा बुधवार २३ जना डिस्चार्ज

१० मंसिर २०७७, बुधबार ०८:४३
नेपालगञ्ज : बाँकेमा बुधवार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १६ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]