भेरीको परीक्षणमा बाँकेका सात संक्रमित थपिए

सदरलाइन संवाददाता ९ मंसिर २०७७, मंगलवार १६:३१
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले गरेको पिसिआर परीक्षणमा बाँकेका ७ सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।


जसमध्ये बर्दिया र दाङका दुईदुई जनामा कोरोना देखिएको भेरी अस्पतालले मंगलवार जारी गरेको विवरणमा उल्लेख छ । हालसम्म प्राप्त ४९ हजार १ सय २६ नमुनाको परीक्षण गर्दा ४ हजार ३ सय ५० जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Next Post

कोरोनाबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु

९ मंसिर २०७७, मंगलवार १६:३१
नेपालगञ्ज : कोरोना संक्रमणबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ७७ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलवार राती सवा १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या आएपछि मंसिर […]

सम्बन्धित