२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बर्दियाका एक संक्रमितको कोहलपुरमा मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बर्दियाका ७७ बर्षीय पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ३ का उनको आइतवार विहान पौने ४ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका उनको कोभिडको आशंकमा स्वाब परिक्षण गर्दा हिजो कोरोना पुष्टि भएको थियो ।

योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ४७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ७ गते आइतबार
ताजा समाचार