संक्रमित ४२ जनाको अवस्था चिन्ताजनक

सदरलाइन संवाददाता ६ मंसिर २०७७, शनिबार ०८:४१
 

नेपालगञ्ज : बाँकेका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जनाको अवस्था चिन्तानजक रहेको छ भने ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ४४ जना बाहिरी जिल्लाका र ३७ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरि, कोहलपुरका ७, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका अहिलेसम्म अछुतो छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै दाङबाट उपचारका लागि आएकाको मृत्यू भएको श्रेष्ठले बताए । उनले दाङका तीन महिला र १५ पुरुष गरि १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका ३, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक–एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेशनमा मृत्यु भएको जानकारी दिए ।

बाहिरी जिल्लाबाट उपचार गराउन आएकाको अधिकांश शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनले बाहिरी जिल्लाका भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेष्टर्न अस्पतालमा एकको मृत्यु भएको बताए ।


बाँकेमा एक जनाको क्वारेन्टाइनमा र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ । भने, भेरी अस्पताल आइसोलेशनमा उपचाररत १९ र शिक्षण अस्पताल आइसोलेशनमा उपचाररत बाँकेका १६ जनाको मृत्यु भएको छ ।

बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेशनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक छ । भेरी अस्पतालको आइसोलेशनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए ।

शिक्षण अस्पताल कोहलपुर आइसोलेशनमा २७ पुरुष र १२ महिला ३९ जना भर्ना छन् । तिमध्ये १० जनाको अवस्था गम्भिर र २४ को अवस्था मध्यम रहेको उनले बताए । कोरोना संक्रमण स्वास प्रस्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेशनमा राख्ने गरिएको छ ।

Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन

६ मंसिर २०७७, शनिबार ०८:४१
नेपालगञ्ज : उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । शनिवार बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो […]