बाँकेमा सोमवार २३ जना डिस्चार्ज

सदरलाइन संवाददाता १ मंसिर २०७७, सोमबार ०८:२४
 

नेपालगञ्ज : बाँकेमा सोमवार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय १८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अब आइसोलेशनमा बाँकेका २ सय ४५ र अन्य जिल्लाका २९ गरी २ सय ७४ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।

Next Post

तिहारको मुख्य दिन सोमवार भाइटीका

१ मंसिर २०७७, सोमबार ०८:२४
नेपालगञ्ज : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, सोमवार भाइटीका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र […]