भेरीको परीक्षणमा चालिस जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १६:४१
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १७ सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४ जनाको परीक्षण गर्दा बाँकेका १७ सहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।


शुक्रवार थपिएका संक्रमितमा बर्दिया, दाङ, अछाम, सिराहा र सल्यानका पनि रहेका छने । भेरी अस्पतालले हालसम्म ४८ हजार २ सय ६९ जनाको स्वाव परीक्षण गर्दा ४ हजार १ सय ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।

Next Post

बाँकेमा शनिवार ३१ जना डिस्चार्ज

२८ कार्तिक २०७७, शुक्रबार १६:४१
नेपालगञ्ज : बाँकेमा शनिवार ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]