रोल्पाका एक संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार ०८:०८
 

नेपालगञ्ज : कोरोना संक्रमित रोल्पाका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । रोल्पाको लिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुषको शनिवार राती सवा १२ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि रेउघा अस्पतालमा स्वास्थ्य जाँच गराएका उनलाई कार्तिक १४ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोभिडको आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा १५ गते उनमा कोरोना पुष्टि भएको थियो ।


त्यसपछि कार्तिक १६ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विगत १ महिनादेखि उनमा जण्डिसको समस्या थियो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

२३ कार्तिक २०७७, आईतवार ०८:०८
काठमाण्डौ : अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले पछिल्लो मत परिणामाअनुसार २ सय ७९ इलेक्टोरल मत प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेन जितेका हुन् । उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल मत प्राप्त गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले जो बाइडेन विजयी भएको बताएका […]