बाँकेका एकसहित चार संक्रमितको मृत्यु

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार ०९:११
 

नेपालगञ्ज : बाँकेका एकसहित चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार विहान ५ बजेर २५ मिनेटमा मृत्यु भएको छ ।

यस्तै दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ का ७६ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार बेलुकी मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ शम्शेरगञ्जका ४८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार बेलुकी मृत्यु भएको छ ।


यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नं. १ की ५६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार दिउँसो मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।

योसँगै बाहिरी जिल्लाबाट उपचार गराउन आएका बाँकेमा मृतकको संख्या २८ पुगेको छ भने कोरोना संक्रमणबाट बाँकेमा ३५ जनाको मृत्यु भईसकेको छ ।

Next Post

बाँकेमा शनिवार ३५ जना कोरोनामुक्त

२२ कार्तिक २०७७, शनिबार ०९:११
नेपालगञ्ज : बाँकेमा शनिवार ३५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १९ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म […]