भेरीको परीक्षणमा ३६ संक्रमित थपिए

सदरलाइन संवाददाता २१ कार्तिक २०७७, शुक्रबार १६:५४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा शुक्रवार ३६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालद्वारा दिउँसो जारी विवरणअनुसार बाँकेका १३ सहित ३६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ३० जनाको परीक्षण गर्दा बाँकेका १३, बर्दियाका १४, दैलेखका ३, दाङका २ तथा जुम्ला, रोल्पा र कैलालीका एकएक जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।


अस्पतालको प्रयोगशालामा हालसम्म ४७ हजार ३ सय १६ जनाको नमुना परीक्षण गरिएकोमा शुक्रवारसम्म ३ हजार ८ सय ३० जनामा कोरोना देखिएको अस्पतालको विवरणमा उल्लेख छ ।

Next Post

बाँकेका एकसहित चार संक्रमितको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार १६:५४
नेपालगञ्ज : बाँकेका एकसहित चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार विहान ५ बजेर २५ मिनेटमा मृत्यु भएको छ । यस्तै दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ का ७६ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल […]

सम्बन्धित