दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १५ कार्तिक २०७७, शनिबार ०८:४०
 

नेपालगञ्ज : दाङका कोरोना संक्रमित ७० वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ती पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


कार्तिक ११ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनमा १२ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

बाँकेमा ३८ जना कोरोनामुक्त

१५ कार्तिक २०७७, शनिबार ०८:४०
नेपालगञ्ज : बाँकेमा शनिवार ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २० पुरुष र १८ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]