भेरीको परीक्षणमा तीस जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १४ कार्तिक २०७७, शुक्रबार १५:०९
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षण्मा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको भेरी अस्पतालले शुक्रवार दिउँसो सार्वजनिक गरेको नतिजाअनुसार बाँकेका १७ सहित बिभिन्न जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।


१ सय २१ जनाको स्वाव परीक्षण गरिएकोमा ३० जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । भेरीको प्रयोगशालामा हालसम्म ४६ हजार १ सय ११ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख छ ।

Next Post

डुडुवाद्वारा सामाजिक भत्ता वितरण शुरु

१४ कार्तिक २०७७, शुक्रबार १५:०९
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष ०७७/०७८ को प्रथम चौमासिकअन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो । चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रवारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ […]

सम्बन्धित