२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका थप अठार जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार १८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८९ दशमलव १५ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ९६ र अन्य जिल्लाका ११ गरी ३ सय ७ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १२ गते बुधबार
ताजा समाचार