२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

मंगलवार बाँकेमा ३८ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा सोमवार ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २४ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ६० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८८ दशमलव ७९ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ३ सय ६ र अन्य जिल्लाका १८ गरी ३ सय २४ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ९६ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक ११ गते मंगलबार
ताजा समाचार