बाँकेबाट एकैदिन सत्तरी जना डिस्चार्ज

सदरलाइन संवाददाता ३ कार्तिक २०७७, सोमबार ०९:०२
 

नेपालगञ्ज : बाँकेबाट एकैदिन थप ७० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । नेपालगञ्ज १ का २ बर्षीय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।


विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको मृत्यु भईसकेको छ ।

Next Post

सोमवार माँ चन्द्रघण्टा देवीको पूजा गरिँदै

३ कार्तिक २०७७, सोमबार ०९:०२
नेपालगञ्ज : हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैको सोमवार तेस्रो दिन माँ चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरका नवदुर्गाका मन्दिर र शक्तिपीठमा सोमवार पनि विधि पूजा मात्रै गरिनेछ । कोरोना सङ्क्रमण जोखिमका कारण भक्तजनको भीड छैन । काठमाण्डौका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र […]