नेपालगन्ज : भ्रष्टाचार बिरुद्धका अभियान्ता नमस्कार शाहद्धारा लिखित ‘खबरदारी’को बिमोचन गरिएको छ । भ्रष्टाचारबिरुद्ध १९ वर्षदेखि सक्रिय शाहको पुस्तक शनिबार एक समारोहबीच बिमोचन गरिएको हो ।
भ्रष्टाचार बिरोधी अभियान्ता केदार खड्काले भ्रष्टाचारका कुरालाई पुस्तकमा ल्याउन सफल भएको कार्यप्रति लेखक शाहलाई शुभकामना दिए । उनले नेपालमा भ्रष्टाचारको भूकम्प आउन आवश्यक भएको बताए । नेपालमा पछिल्लो समय भ्रष्टाचार तिब्र गतिमा बढिरहेकाले यसबिरुद्धको भूकम्प आउन आवश्यक रहेकोमा खड्काले जोड दिए ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
पुस्तकलाई नेपालगन्जका मेयर डा.धवल शम्शेर राणा, भ्रष्टाचार बिरुद्धका अभियान्ता केदार खड्का, बरिष्ठ पत्रकार पूर्णलाल चुके, साहित्यकार एंव लेखक किरण आचार्य, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले सामुहिक रुपमा बिमोचन गरेका थिए ।
बिमोचन पश्चात बोल्दै नेपालगन्जका मेयर डा.राणाले सार्वजनिक पुस्तकका लागि शुभकामना दिँदै भ्रष्टचारका मुद्दाहरु समेटिएको संग्रहले पाठकलाई सचेतना प्रदान गर्ने बताए । फरक प्रसङ्मामा उनले देश बनाउनका लागि राम्रा मान्छे राजनीतिमा आउनुपर्ने बताए । ‘नेतालाई गाली मात्र गर्ने काम भयो,’ मेयर डा.राणाले भने, ‘तर राम्रा मान्छे राजनीतिमा आउन पनि आउँदैनन, आइहाले भने पनि समाजले आउन दिँदैन ।’
शाहको दोस्रो कृतिका रुपमा रहेको ‘खबरदारी’ले अभियान्ता तथा नेतृत्वकर्तालाई भ्रष्टाचार बिरुद्धको लडाईमा अग्रसर हुन प्रेरित गर्ने वक्ताहरुको धारणा थियो ।