देशभर थपिए ३७ सय बढी कोरोना संक्रमित

सदरलाइन संवाददाता २९ आश्विन २०७७, बिहीबार १७:१५
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार बिहीवार देशभर ३ हजार ५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् ।

कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ४ प्रतिशत हुन आउँछ । हालसम्म कुल ८४ हजार ५ सय १८ जनाले कोरोना जितेका छन् ।


नेपालमा हाल ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन् । बिहीवार १२ जार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ७ सय ९८ जनको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

Next Post

भेरीको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि

२९ आश्विन २०७७, बिहीबार १७:१५
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेसहित ४४ जनामा कोरोना संक्रमण भएको छ । अस्पतालले बिहीवार दिउँसो जारी गरेको विवरणअनुसार बाँके तथा बर्दियालगायत थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका २ सय १५ स्वाबको नमुनामध्ये ४४ जनामा कोरोना देखिएको […]