२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप २९ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा थप २९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १३ महिला १६ पुरुष गरी २९ जना बिहीवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ३८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेशनमा अन्य जिल्लाका १८ गरी ५ सय २५ जना छन् । बाँकेमा हालसम्म २ हजार २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ भने २२ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहीबार
ताजा समाचार