प्रदेश पाँचको स्थायी राजधानी दाङ्गदेउखुरी तोकिएको भन्दै बुटवलमा विरोध

सदरलाइन संवाददाता १६ आश्विन २०७७, शुक्रबार १८:३०
 


बुटवल  : पाँच नंम्बर प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र बनाउने निर्णय सहितको प्रस्तावको विरोध जनाउदै नेपाली काँग्रेस निकट नेविसंघले बुटवलमा प्रदर्शन सुरु गरेको छ ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरे लगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गर्दै प्रदर्शन गर्न सुरु गरेका हुन् । बुटवलको नेपालगञ्जरोड प्रदेश सभा प्रवेश गर्ने द्वारमा युवाहरुले स्वतन्त्र रुपमा टायर बाल्दै प्रदर्शन गरेका छन ।

प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो । प्रस्ताव पेस हुन साथ नेविसंघले बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ ।


सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं. को गाडी तोडफोड भएको छ । त्यस्तै लु १ झ ४४९ नं. गाडी पनि तोडफोड भएको छ । नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबिसंघले आन्दोलन सुरु गरेको बताए ।

रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन् ।

Next Post

झरना हेर्न गएका दुई किशोरको तलाउमा डुबेर मृत्यु

१६ आश्विन २०७७, शुक्रबार १८:३०
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाँउका २ किशोरको तलाउमा डुबेर ज्यान गएको छ । शुक्रबार बाँकेको राप्तीसोनारीको फत्तेपुरमा रहेको नागराफल झरना हेर्न पुगेका ती दुई किशोरको तलाउमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६ जनाको समुहमा गएका उनीहरु मध्ये बाँकेगाँउका १६ वर्षिय […]